रेडक्रस चिह्न दुरुपयोग नगर्न आग्रह

इनेप्लिज २०७२ वैशाख २७ गते १३:०४ मा प्रकाशित

red_crossकाठमाडौँ, २७ वैशाख । तटस्थता, निष्पक्षता र मानवीय सेवा झल्काउने रेडक्रस प्रतीक चिह्नको दुरुपयोग नगर्न नेपाल रेडक्रस सोसाइटीले सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

भूकम्पको खोज, उद्धार तथा राहतमा सोसाइटीका स्वयम्सेवकलगायत सिङ्गो देश नै अनवरत जुटिरहेको बेला रेडक्रस चिह्नप्रति संवेदनशील बन्न सोसाइटीले आज एक विज्ञप्ति जारी गरी सम्बद्ध सबै पक्षसँग आग्रह गरेको हो ।

“चीनबाट भूकम्पपीडितको सहयोगार्थ प्राप्त सामग्रीभन्दा अन्य असम्बन्धित सामग्रीमा पनि रेडक्रस चिह्न अङ्कित भएको पाइयो । उक्त अवस्थामा रेडक्रस चिह्न दुरुपयोग हुन गएकाले सोसाइटीले गम्भीर आपत्ति प्रकट गर्दछ । साथै, थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई समेत अनुरोध गर्दछ,”विज्ञप्तिमा भनिएको छ ।

“अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार रेडक्रसले आफ्ना मानवीय कार्य, त्यससँग सम्बन्धित व्यक्ति, सामग्री, भवन, साधनको पहिचान तथा सुरक्षाका लागि रेडक्रस चिह्नको प्रयोग गर्छन्”सोसाइटीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया