त्रिपालभित्रबाटै सेवा

इनेप्लिज २०७२ वैशाख २७ गते १३:०० मा प्रकाशित

safe_image.phpललितपुर, २७ वैशाख । बहालमा रहेको गुठी संस्थान ललितपुरको भवन भत्किएपछि संस्थानका कर्मचारी अहिले त्रिपालभित्र बसेर काम गर्न बाध्य छन् ।

संस्थानका प्रमुख रुद्रनाथ अधिकारीले भूकम्पले भवनको पछाडिको भाग पूर्ण रुपमा भत्किएको र अगाडिको केही भाग रहेको भएपनि भवनभित्र बसेर काम गर्ने वातावरण नरहेको बताउनुभयो ।

यसैबीच, भूकम्पका कारण बुङ्मतीमा रहको मछिन्द्रनाथको मन्द्रिर पूर्णरुपमा भत्केपछि पुरिएका मछिन्द्रनाथका गरगहना, वस्त्र र मछिन्द्रनाथको भोटोसमेत निकाल्ने काम जारी रहेको छ ।

यही वैशाख ९ गतेदेखि यस वर्षका लागि बाह्रबर्षे मेला सुरु भइसकेको थियो । भूकम्पका कारणले गर्दा रथजात्रासमेत प्रभावित भएको छ । पुनः रथजात्रा कहिलेबाट गर्ने भन्ने यकिन भने भएको छैन् ।

प्रतिक्रिया