छाड्नै पर्यो नि डर भैदिनाले
नेपाल मेरो घर भैदिनाले
लुट्नु र कुट्नु धन मागी भुट्नु
चन्दा उसैको कर भैदिनाले
के त्रासदी भो जनताहरुमा
एमाऊ बाहेक थर भैदिनाले
भनेर क्रान्ति अति उग्रबादी
बनेर मार्ने नर भैदिनाले
हो राज्यसत्ता पनि थर्कमान
भई सुशासन पर भैदिनाले
जो न्याय गर्थे थरथर भएर
झण्डा झुकाई हर भैदिनाले
आतंक ठुलो मनमा पसेर
ज्यूमा पसिना तर भैदिनाले
यो दुख्खको क्षण कसरी म बाँदु
मन शोकले चर्चर भैदिनाले
गएर सेबा गरि बस्नु पर्थ्यो
सक्तिन मन थरथर भैदिनाले
प्रतिक्रिया