नेपाली छोरी सञ्जिता प्रधान अमेरिकी राष्ट्रपति बराक ओवामाको सल्लाहकार नियुक्त

इनेप्लिज २०७२ वैशाख २७ गते ११:२२ मा प्रकाशित

SONY DSC

नेपाली छोरी सञ्जिता प्रधानले एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति राष्ट्रपति बराक ओवामाको सल्लाहकारमा नियुक्ति पाएकी छिन । शनिबार ओवामाले गरेका महत्वपूर्ण ३ पदका मनोनयन मध्य आयोवा राज्य निवासी नेपाली छोरी सञ्जिता प्रधानलाई राष्ट्रपति ओवामाले एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट सल्लाहकारमा मनोनित गरेका हुन । ह्वाइटहाउसद्वारा जारी बिज्ञप्तिमा राष्ट्रपति ओवामाले भनेका छन्, ‘म मनोनयन गरिएका सल्लाहकारहरुसँग काम गर्न उत्सुक छु ।’

राष्ट्रपति ओवामाले सल्लाहकारमा मनोनित भए लगतै प्रधानले भनिन, ‘आउँदो साता मलाई सपथका लागि राजधानी वासिंटन डिसी बोलाइएको छ । उनले थपिन, ‘मेरो करियर कम्प्युटरमा भएपनि सामाजिक सेवामा बढी सक्रिय छु ।’ यसघि प्रधानले शरणार्थी रिसेटलमेन्टमा काम गरिसकेकी छिन भने सन २०१३ देखि आयोवास्थित एसिया प्सासिफिक आइसल्याण्डर अफेयर्स अन्तर्गत मानव अधिकार प्रमुखका रुपमा कार्यरत रहेकी छिन ।

Sanjita-Pradhaan

भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीकी विद्याथी प्रधान अमेरीका पुगेपछि सामाजिक काम तथा शरणार्थी ब्यवस्थापनमा सक्रिय रहँदै आएकी थिइन् । दुइ साता अघि गएको महाभूकम्पको पीडाले आक्रान्त नेपाली जातिलाई यसै साता दुई सुखद खबर मिलेको छ । यसै साता नेपाली अमेरिकन किरण सिटौला मेरिल्याण्ड राज्यको इन्डियन हेड सिटीको उपमेयर निर्वाचित भएका थिए भने आयोवा राज्य निवासी अर्की नेपाली अमेरिकन सञ्जिता प्रधानलाई राष्ट्रपति ओवामाले शनिबार एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट सल्लाहकारमा मनोनित गरेका हुन् ।

मेरिल्याण्ड राज्यको इन्डियन हेड सिटीको उपमेयर निर्वाचित किरण सिटौला र एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति बराक ओवामाको सल्लाहकारमा मनोनित सञ्जिता प्रधानले प्राप्त गरेको पद नेपाली अमेरिकनले अमेरिकी भूमिमा प्राप्त गरेको सबैभन्दा उच्च तहको सार्वजनिक पद हो ।

प्रतिक्रिया