विद्युत् सेवा अवरुद्ध
बेलौरी (कञ्चनपुर), २७ वैशाख । गतसाताको आँधीहुरीका कारण अवरुद्ध भएको विद्युत् सेवा अझै सञ्चालन भएको छैन । विद्युत् अभावले यहाँको जनजीवन कष्टकर बनेको छ ।
महेन्द्रनगर बजारका केही स्थानमा मात्रै विद्युत् सेवा सञ्चालन भए पनि जिल्लाका अधिकांश क्षेत्रमा भने विद्युत् आपूर्ति हुन सकेको छैन ।
आँधीहुरीले रुख ढल्दा ठाउँ–ठाउँमा बिजुलीका तार चुँडिएका छन् । समयमै मर्मत नहुँदा विद्युत् आपूर्तिमा कठिनाइ भएको छ ।
स्थानीय बासिन्दाका अनुसार जिल्लाको दोधारा–चाँदनी, भीमदत्त नगरपालिका बजारबाहेक अधिकांश वडा, सुडा, दैजी, रौतेलीविचुवा, बेल्डाँडी, बेलौरी, शङ्करपुर, पुनर्वास, कृष्णपुर, पिपलाडी, देखतभूली क्षेत्रका ग्रामीण भेगमा अझै पनि विद्युत् सेवा अवरुद्ध भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका इञ्जिनियर गोपाल चन्दले पर्याप्त जनशक्तिको अभावमा मर्मतसम्भारका काम द्रुत गतिमा सम्पन्न गर्न नसकिएको स्वीकार गर्दै चाँडोभन्दा चाँडो सेवा प्रवाह गर्न प्राधिकरण अहोरात्र खटेको बताउनुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया