म त महामूर्ख छु

इनेप्लिज २०७२ वैशाख २६ गते २३:०१ मा प्रकाशित

dr mohan joshi

 

 

 

 

 

म त महामूर्ख छु
अध्ययन पुरा गरिन ,
हरफहरुबीचको खालिलाई
राम्ररी पढ्न सकिन l

म त महामूर्ख छु
संगीतको मर्म बुझिन ,
दुई आवाजबीचको खालिलाई
पट्टकै सुन्न सकिन l

म त महामूर्ख छु
राम्री आकाशमा हेरिन,
ताराहरु बीचको खालीलाई
दृश्यमा समेट्न सकिन l

म त महामूर्ख छु
मनको उद्गममा पुगिन ,
दुई विचारबीचको खालीलाई
अवलोकन गर्न सकिन l

‘कहाँ छ ठाउं ‘कविता संग्रह बाट लिइएको हो l

प्रतिक्रिया