तनहुँ अमेरिका सोसाइटी द्धारा संकलित राहत हस्तान्तरण

इनेप्लिज २०७२ वैशाख २६ गते २१:३० मा प्रकाशित

tanahu 1

दमौली ,तनहुँ अमेरिका सोसाइटी यूएसएद्धारा भूकम्प पीडितहरुका लागि राहत स्वरुप संकलन गरिएको ६ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । सो रकम रकम एनआरएन यूएसका अध्यक्ष डा. केशव पौडेलले शनिबार तनहुँका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

भूकम्पबाट पीडित तनहुँबासीको पीडामा मलम लगाउनका लागि आफूहरुले सो सहयोग हस्तान्तरण गरेको एनआरएन अध्यक्ष पौडेलको भनाई रहेको थियो । साथै अमेरिकामा रहेर पनि नेपालीहरुलाई देशको माया अति रहेको पौडेलको भनाई रहेको थियो ।

भूकम्प पीडितहरुलाई राहत स्वरुप रकम पठाएकोमा तनहुँ अमेरिका सोसाइटी यूएसएलाई तनुहँका प्रमुख जिल्ला अधिकारी श्रेष्ठ र स्थानीय विकास अधिकारी बन्धुप्रसाद वास्तोलाले धन्यवाद दिएका थिए । सो अवसरमा एनआरएन यूएसकी उपाध्यक्ष रविना थापा,राधा पौडेल, संगिता शिवाकोटी लगायतले बोलेका थिए । सोही अवसरमा तनहुँ पुख्यौली घर भएका डा. पौडेललाई जिल्लाबासी सम्मान तथा मायाको चिनो समेत प्रदान गरेको थिए ।

यसैबीच डा. पौडेलको नेतृत्वमा आएको एनआरएन यूएसएको टोलीले भूकम्प पीडितहरुलाई रसुवामा राहत वितरण र स्वास्थ्य शिविर आयोजना समेत गरेको थियो । उपाध्यक्ष थापाका अनुसार टोली अन्य जिल्लामा समेत राहत र स्वास्थ्य शिविर आयोजना गर्देछ ।

tanahu 2

प्रतिक्रिया