बाल्टिमोरमा दिप प्रज्वलन सहित श्रद्धाञ्जली अर्पण
डिसी महानगर क्षेत्रको बाल्टिमोरमा नेपालमा गएको विनासकारी भुकम्पमा परि दिवंगत भएकाहरुको आत्माको चीर शान्तिको कामना गदै श्रद्धाञ्जली अर्पण गरिएको छ l भूकम्पका कारण हजारौ परिवार दुखशोकमा परेको अवस्थामा बाना (बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका ) तथा फ्रेन्डस अफ नेपालको सयुक्त आयोजनामा भुकम्प गएको १३औ दिनको पुण्यतिथी पार्दै दिप प्रज्वलन सहित दिवंगत प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ l
बिष्णु गुरुङले कार्यक्रम आयोजनाको उदेश्य बारेमा बोलेका थिए भने बानाका अध्यक्ष कुलमणि आचार्यले नेपालो अवस्था बारेमा प्रकाश परेका थिए भने सहभागी हुने सबैलाई धन्यवाद दिएका थिए l गभर्नरको कार्यालयको तर्फ बाट जोयेस बिन्स तथा जेसी सिंह ,दक्षिण एसियन अमेरिकन्सकि गभर्नर कमिसनकि चेयरले गभर्नरको संदेश सुनाएका थिए l
यसै गरि भारतीय राजनैतिक दल बिजेपी अमेरिकाका संयोजक के सी सोनी ,एच एस हुन्दल ,यु एस ए अकाली दलका सभापति ,बिलाल अलि ,म्यारिल्याण्डका उपभोक्ता संगठनका अध्यक्ष ,गुजरात संगठनक इश्वर पटेल , सिख समुदायका अध्यक्ष डा सुरेन्द्र गिलले नेपालमा गएको भूकम्प प्रति दुख ब्यक्त गर्दै दिवंगत हुने सबैमा श्रदान्जली अर्पण गर्दै समबेदना दिएका थिए l दिप प्रज्वलन इनर हार्बरमा गरिएको थियो भने सबैले यस दुखत घडीमा समर्थन गर्दै साथ दिएका थिए l
तस्बिर सौजन्य : विक्रान्त मान श्रेष्ठ
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया