गजुरी (धादिङ), २६ वैशाख । पहाडलाई परेको दुःखमा तराईका आमाहरुले राहत सहयोग उपलब्ध गराएका छन् ।
सिरहा जिल्लास्थित गृहिणीले समेत पहाडमा आइलागेको विपत्तिलाई सामना गर्न नुन, तेल चिउरा, आलु, प्याज, कपडालगायतका सामग्री सहयोग उपलब्ध गराएका हुन् ।
वैशाख १२ गतेको विनाशकारी भूकम्पपीडित सुत्केरी, गर्भवती कहिले राहत आउँला भनेर पर्खिरहेका बेला तराईका आमाले राहत सङ्कलन गरी पहाड पठाएका हुन् ।
तराईमा बस्ने गरिबले समेत आफूले सकेको थोरैथोरै सामानसमेत पहाडका लागि पठाएका थिए । धेरै जनाले सङ्कलन गरी पहाड ल्याएको सिरहाबाट राहत सङ्कलन गरेर आएकी रेणु कर्णले बताउनुभयो ।
पहाडलाई पर्दा तराईले सहयोग नगरे कसले गर्छ ? एकले पर्दा अर्कोले सहयोग गर्नु हामी नेपालीको संस्कृति नै हो कर्णको भनाइ थियो ।
तराईका आमाहरुले घरमा भएको थोरैथोरै सामग्री पहाडमा पठाएको महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य देवकुमारी महराले बताउनुभयो ।
प्रतिक्रिया