फलेवास (पर्वत), २६ वैशाख । प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पर्वत जिल्लाबाट रु ४२ लाख २१ हजार राहत रकम जम्मा गरिएको छ ।
जिल्लामा कार्यरत कर्मचारी र सुरक्षाकर्मीबाट राहत रकम जम्मा गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय, सीप विकास तालिम केन्द्र र जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयको रकम कार्यालय प्रमुख नभएकाले जम्मा भएको छैन ।
जम्मा भएको रकम सरकारले भूकम्पपीडितको राहत र संरचना पुनःनिर्माणमा खर्च गर्नेछ ।
प्रतिक्रिया