विनासकारी भूकम्पका सहयोग रकम हस्तान्तरण कार्यक्रमको भिडियो
इनेप्लिज
२०७२ वैशाख २५ गते १७:५८ मा प्रकाशित
दुई साता अघि गएको विनासकारी भूकम्पका कारण प्रभावित भएका नेपाल जापान डटकमका नेपाल चीफ तथा पत्रकार यादव देवकोटालाई न्यूआईटी भेन्चर कर्पोरेसनले राहत रकम हस्तान्तरण गरेको छ ।
एक समारोहका वीच कर्पोरेसनका म्यानेजर कृष्ण अधिकारीले कर्पोरेसन कर्मचारीबाट संकलित ६८ हजार पाँच सय रुपैया राहत रकम हस्तान्तरण गर्नुभयो । देबकोटाको भूकम्पमा परी घर सबै भत्केको थियो |
कार्यक्रममा बोल्दै नेपाल चीफ देवकोटाले सहयोगले आफुलाई हौसला मिलेको र आफनो जस्तो अवस्था भएका सवै भूकम्प प्रभावितहरुलाई राज्यले यथासक्य चाडो सहयोग उपलब्ध गराउनु पर्नेमा जोड दिनुभएको थियो ।
भूकम्पका कारण पत्रकार देवकोटाको काठमाडौँ आरुवारी स्थित घर पूर्ण रुपमा क्षति भएको थियो । हाल उहाँ छिमेकीको घरमा डेरागरि वस्दै आउनु भएको छ ।
सहयोग रकम हस्तान्तरण कार्यक्रमको भिडियोः
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया