आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०८:०४
वासिङटन डिसी 21:19

श्रद्दाञ्जलि कार्यक्रमको आयोजना

इनेप्लिज २०७२ वैशाख २५ गते १४:५७ मा प्रकाशित

11107185_10202927649432592_8062442054033337881_nगत २०७२ बैशाख १२ गतेको विनाशकारी महाभुकम्पका कारण दिवंगत हुनेहरुको १३ औ दिनको पुण्य तिथिमा दिवङ्गत आत्माहरुको चिरशान्तिको कामना गर्दै विहीबार साँझ (बैशाख २४ गते) नन्दिकेश्र्वर बगैचा, नारायण चौर, नक्सालमा मौन धारण, दीप प्रज्वलन तथा शोक धून प्रस्तुति गरी श्रद्दाञ्जलि  कार्यक्रम सम्पन्न भयो | नेपाली साहित्य  कला र संस्कृतिका क्षेत्रमा क्रियाशील स्रष्टाहरु, सामुदायिक प्रहरीहरु र स्थानिय जनसमुदायहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, सामुदायिक प्रहरी सेवा तथा सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ र एकल महिला समूहका अध्यक्ष लीली थापाले आ- आफ्नो शोक मन्तब्य राख्नु भएको थियो | शोकलाई शक्तिमा बदल्ने र मानवीय सहयोगमा जुट्ने विचार कार्यक्रममा ब्यक्त गरिएको थियो | कार्यक्रममा संगम समूह, क्रितीर्पुरका कलाकारहरुले शोक धून प्रस्तुत गरेका थिए | कार्यक्रममा नन्दिकेश्र्वर बगैचाको वरिपरी दीप प्रज्वलन गरिएको थियो |

11193409_10202927650272613_6215101923159877566_n

प्रतिक्रिया