डिसी चिकित्सक टोलीले भुकुम्प पिडितलाई राहत सामग्री वितरण

इनेप्लिज २०७२ वैशाख २५ गते ०:५९ मा प्रकाशित

1

डिसी महानगर क्षेत्रमा रहेका संघ तथा संस्था ,चिकित्सक ,स्वास्थ्य परिचारिका तथा स्वयम सेवक टोलिले नेपालमा पुगी  भूकम्प पिडितलाई द्रूत गतिमा राहत सामग्री वितरण गर्नुको साथै स्वास्थ्य परिक्षणलाई तिब्र बनाएको छ l

उक्त टोलीको नेतृत्व गर्ने डा मदन उप्रेतीका अनुसार अमेरिकाबाट काठमाडौँ पुगी सिधै सिन्धुपलान्चोक पुगी राहत वितरण गरि पुन राजधानी फर्केको जनाएका छन् l उक्त टोलीले सिन्धुपलान्चोकको सिपापोखरी गाउ विकास समितिका ३ हजार २ सय जनालाई राहत सामग्री वितरण गरेको बताउदै उक्त वितरण गरिएको सामग्रीले गाउँका मानिसलाई ३० दिनको लागि पुग्ने बताईएको छ l

unnamed

उक्त गाउँले भोकमारी पिडित मुक्त क्षेत्र घोषित गरेको छ l टोलि संयोजक डा मदन उप्रेतीले अमेरिका नेपाल सहयोगी समाजका स्वयम् सेवक ,आफुलाई बिशेष सहयोग गर्ने डा नविन शर्मा, डा दिक्षान्त शर्मा ,डा सुबेश श्रेष्ठ तथा सिन्धु उत्थान केन्द्रका स्वयम सेवकले अहोरात्र सबै लाई बिशेष धन्यबाद दिदै प्रसंसा गरेका छन् l

यसै गरि एनआरएनए को राहत सामग्री मेलम्ची तथा नवलपुर गाउँ विकास समिति क्षेत्रमा गै सफलता पुर्वक वितरण गरिएको  छ l यसै गरि उक्त क्षेत्रमा ६ हजार १ सय जनालाई राहत सामग्री वितरण गरिनुको साथै २ सय ५० जनालाई स्वास्थ्य परिक्षण पनि गरिएको छ l

डिसीका भूकम्प पिडित उद्धार टोलीलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले १ हजार वटा पाल दिएकोमा टोलि संयोजक डा मदन उप्रेतीले धन्यबाद दिएका छन् l राहत सामग्री वितरणको काम आर्थिक कोषको कारण हाल स्थगित गरिएको जानकारी डा मदन उप्रेतीले दिएका छन् l

उक्त भुकम्प पिडित उद्धार टोलिले नेपालमा थोक मुल्यमा चामल ,आलु ,दाल तथा अन्य खाध्य सामग्री किनी वितरण गरेको छ भने सिंह दरबार अगाडी मुख्यालय बनाई सकेको छ l

14

8

11

10

4

3

6

प्रतिक्रिया