शुक्रबार, मंसिर १७ २०७८
काठमाडौं २१:२३
वासिङटन डिसी 10:38

स्विट्जरल्यान्डद्वारा नौ करोड बढीको सहयोग

इनेप्लिज २०७२ वैशाख २४ गते ११:०७ मा प्रकाशित

switzerland-mapकाठमाडौँ, २४ वैशाख । स्विट्जरल्यान्डले भूकम्पपीडितको सहयोगार्थ रु नौ करोड ७२ लाख उपलब्ध गराउने भएको छ ।

रामेछाप, ओखलढुङ्गा, खोटाङ र दोलखाका २० हजार भूइँचालो पीडितलाई अस्थायी बासको व्यवस्था तथा दोलखाका पाँच हजार पीडितलाई खाद्य सामग्री वितरणमा उक्त सहायता रकम खर्च गरिने यहाँस्थित स्विस राजदूतावासले जनाएको छ ।

विकासका लागि स्विस सहयोग नियोग (एसडिसी) ले भूकम्पपछिका सहायताका कार्यक्रम कार्यान्वयन गर्न रु ४९ करोड ७० लाख प्रदान गर्ने उक्त दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया