शनिबार, मंसिर २० २०७७
काठमाडौं ११:४१
वासिङटन डिसी 00:56

भारत लजाँदै गरेका महिलाको उद्धार

इनेप्लिज २०७२ वैशाख २४ गते १०:५९ मा प्रकाशित

बर्दिया, २४ वैशाख । बर्दिया प्रहरीले पाँच जना महिलालाई उद्धार गरेको छ । काममा लगाइदिने बहानामा कालिका–८ बाट भारततर्फ लगिँदै गरेका महिलाको प्रहरी गस्ती टोलीले उद्धार गरेको हो ।

उद्धार गरिएका महिलामा बाँके जिल्ला बागेश्वरी–९ बस्ने २१ वर्षीया विमला बुढा, महादेवपुरी–७ बस्ने विमलाकुमारी, शम्शेरगन्ज–७ बस्ने १९ वर्षीया ऋचा सुनार, कोहलपुर नगरपालिका–१० बस्ने १७ वर्षीया अलिस्माकुमारी चलाउने र सोही नगरपालिका–८ बस्ने १७ वर्षीया विमला विक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले महिलालाई ललाइफकाइ भारततर्फ लैजाने बगेश्वरी–५ बस्ने २२ वर्षीया कल्पना भण्डारी, वडा नं ३ का ३८ वर्षीय राजेन्द्रप्रसाद सिंह ठाकुरी र भारत गोरखपुर झगवा गाउँ भिस्वा बस्ने २४ वर्षीय अरविन्द्रकुमार गौरलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमारले बताउनुभयो ।

महिलालाई ललाइफकाइ भारततर्फ लैजाने समूहका सदस्य भारत देवरियाका धनन्जय गौर फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया