सुरुङ्गा (झापा), २४ वैशाख । डेढ महिनाअगाडि ताप्लेजुङको तोक्मेडाँडामा आगलागीका कारण पीडित बनेकाहरुलाई राहतस्वरुप सुरुङ्गाबासीले आज राहत रकम रु ९२ हजार ९५० प्रदान गरेका छन् ।
उद्योग वाणिज्य सङ्घ झापाका अध्यक्ष उमेश डालमियामार्फत सुरुङ्गावासीले राहत रकम उपलब्ध गराएका हुन् । आगलागीका कारण ताप्लेजुङमा १६० घरपरिवार पीडित बनेका छन् ।
प्रतिक्रिया