भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सात हजार ७५९ पुग्यो
इनेप्लिज
२०७२ वैशाख २४ गते ५:४६ मा प्रकाशित
काठमाडौँ, २४ वैशाख । वैशाख १२ गते गएको भूकम्पमा परी अहिलेसम्म सात हजार ७५९ जनाको ज्यान गएको छ ।
गृहमन्त्रालयले केही बेरअघि उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १६ हजार ४३२ पुगेको छ ।
हालसम्म मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा सबैभन्दा धेरै दुई हजार ९९१ पुगेको छ भने काठमाडाँैंमा एक हजार २१० पुगेको छ ।
भूकम्पका कारण १० हजार ७९० सरकारी घर तथा भवन पूर्ण रुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार ९९७ घर तथा भवन क्षति भएका छन् ।
सर्वसाधारणका दुई लाख ८८ हजार ७९८ घर पूर्ण क्षति भएका छन् भने आंशिक दुई लाख ५४ हजार ११२ घर क्षति भएको मन्त्रालयले जनाएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया