घुम्ती रेडियो सञ्चालन

इनेप्लिज २०७२ वैशाख २४ गते ५:३५ मा प्रकाशित

Julia-stereoधुन्चे (रसुवा), २४ वैशाख । विनाशकारी भूकम्पको असरबाट क्षति भएका संरचना, उद्धार तथा राहत वितरण र उपचार सेवालगायत विविध विषयका गतिविधि आम नागरिकसामु सुसूचित गराउन बुधबार साँझबाट आपत्कालीन घुम्ती रेडियो सञ्चालन गरिएको छ ।

फस्ट रेस्पोन्स रेडियोका मध्यस्थकर्ता विजयकुमार मानन्धरका अनुसार एक हप्तासम्म रेडियो रसुवाको १०२.१ मेगाहर्जबाट जिल्लाको गतिविधि सञ्चालन गरी सञ्चारको पहुँच पुर्‍याउने कार्यनीति तय भएको छ ।

रेडियो रसुवामा भूकम्पसँगै उपकरण क्षति भएका कारण बन्द भएको र एफआरआर रेडियो सञ्चालनबाट सूचनाको पहुँच पु¥याउन मद्दत मिलेको बताइएको छ ।

प्रतिक्रिया