सिन्धुपाल्चोकमा मृत्यु हुनेको सङ्ख्या तीन हजार आठ सय उनन्चालिस

इनेप्लिज २०७२ वैशाख २३ गते १४:३९ मा प्रकाशित

bhukumpmamirtuचौतारा, २३ वैशाख । विनाशकारी भूकम्पबाट सिन्धुपाल्चोक जिल्लामा मृत्यु हुनेको सङ्ख्या तीन हजार आठ सय ३९ पुगेको छ ।

भूकम्पबाट चार हजार ५८ जना घाइते भएका छन् । दुई नगरपालिका र ६८ गाविस रहेको यहाँको साँगाचोकमा सबैभन्दा बढी दुई सय ६० जनाको मृत्यु भएको छ । स्थानीय विकास अधिकारी युवराज कटेलका अनुसार हेलिकप्टर अभावका कारण बुधबार दुर्गम फुल्पिङकट्टी, गुम्बा, गोल्चे, तातोपानी, सेलाङ, पाङ्तान, लिस्तिलगायतका गाविसमा राहत सामग्री पठाउन सकिएको छैन ।

“मृतकका परिवारलाई क्रियाखर्च बापत जनही रु ४० हजार वितरण गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया