तीन चिनियाँ हेलिकप्टरबाट राहत वितरण

इनेप्लिज २०७२ वैशाख २३ गते १२:११ मा प्रकाशित

Chinese-Z-10काठमाडौँ, २३ वैशाख । भूकम्प प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन आएका तीन चिनियाँ एमआई–१७ हेलिकोप्टर राहत सामग्री लिई आज काठमाडौँबाट सिन्धुपाल्चोक, रसुवा र गोरखाका लागि प्रस्थान गरेका छन् ।

त्रिभुवन विमानस्थल समन्वय केन्द्रका अनुसार आज बिहान ती हेलिकप्टर काठमाडौँ आइपुगेका हुन् । यसैबीच विनाशकारी भूकम्पमा परी लाङ्टाङबाट बेपत्ता भएका छ नेपाली तथा एक विदेशीको शव भारतीय हेलिकप्टरले विमानस्थल ल्याइपु¥याएको सो केन्द्रले जनाएको छ ।

प्रतिक्रिया