श्रद्धाञ्जली व्यक्त गरिएको ।

इनेप्लिज २०७२ वैशाख २३ गते १०:०४ मा प्रकाशित

GFNL_Shradhanjali

अप्रिल २५, २०१५ का दिन गोरखा, बारपाकलाई केन्द्र बनाई नेपालमा गएको ७.९ रेक्टर स्केलको महाभूकम्पले देश पुरै स्तब्ध भएको छ । त्यस भूकम्पका कारण हजारौं नेपाली जनताले ज्यान गुमाउनु परेको छ भने लाखौं जनता घरबारबिहिन भएका छन् । प्रकृतिक प्रकोपको यो बिपत नेपाली जनताको टाउकोमा बज्रेको छ । दुखको यस क्षणमा देश तथा बिदेशमा रहेका नेपाली वा नेपालीमूलका बिदेशी नागरिकहरु देश / मातृभूमि / पितृभूमिप्रतिको मायाले शोकमग्न भएका छन् । हामी विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति तथा यसका समस्त सदस्यहरु महाभूकम्प-२०७२ का कारण ज्यान गुमाउनु भएका ज्ञात अज्ञात सम्पूर्ण जनताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । भूकम्पको कारण उत्पन्न यस संकटको समयमा भूकम्प पिडित समस्तजनहरुलाई हामीहरु यहाँहरुको साथमा नै छौं भन्ने कुरामा आश्वस्त गराउदछौं । यो दुखलाई हटाउन बिबिध तरिकाले हामीले सहयोग गर्ने प्रतिबद्धता समेत गर्दछौं ।

भूकम्प गएको यतिधेरै दिनसम्म पनि अधिकांश भूकम्प पिडित जनताहरुले अत्यन्तै कष्टकर जीवनयापन गर्नु परेको अबस्था हाम्रो सामु छ । यसै सन्दर्भमा भूकम्प पीडितहरुलाई उचित उद्धार तथा राहत र भूकम्पग्रस्त क्षेत्रको उचित पुनर्निर्माण समेत यथाशीघ्र गर्न सरकार समक्ष अनुरोध गर्दछौं । त्यसकालागि हामीले गर्नु पर्ने र गर्न सक्ने हरसम्भव सहयोगको लागि तयार छौं ।

जय नेपाली साहित्य ।

 

 

डा. लेखनाथ काफ्ले

महासचिव, विश्व नेपाली साहित्य महासङ्घ, विश्व कार्य समिति

२०१५/०५/०५

प्रतिक्रिया