भूकम्पले गाउँका विद्यालयमा विद्यार्थी बढे
बाजुरा, २३ वैशाख । काठमाडौँको कोटेश्वर सरस्वती मावि कक्षा ९ मा अध्ययनरत १४ वर्षीया मेनुका बुढा बाजुराको मालिका उच्च माविमा भर्ना भएकी छन् । जिल्लाबाट बाहिर गएका विद्यार्थी गाउँकै विद्यालयमा भर्ना हुने क्रम बढेको छ । भूकम्पले गर्दा आफन्तले आफ्ना छोराछोरीलाई घरमा बलाउने क्रम चलेको छ ।
बाजुराको पाण्डुसेन घर भएकी १४ वर्षीया मेनुका बुढा एक वर्ष पहिले काठमाडौँ मै अध्ययनका लागि गएकी थिइन् । वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि उनी बाजुरा पुगिन् । अब काठमाडौँमा नजाने निर्णय गरेर आफू मार्तडीमा रहेको मालिका उच्च माविमा कक्षा ९ मा भर्ना भएकी हुन् ।
घरमा खाना खाएको समयमा आएको भूकम्पले उनी काठमाडौंबाट निकै त्रसित भएको र खाना छोडेर चौरमा भागेको उनले बताइन् । त्यस्तै बाह्रबिस– ५ का सुनिल सिंह पनि काठमाडौंमा फिर्ता नहुने भएपछि स्थानीय मालिका उच्च माविमा भर्ना हुने भएका छन् ।
लाखौँ खर्च गरेर काठमाडौँ पढाएर के गर्ने छोरो बाँचेकामा यसमा आफूले गर्व महसुस गरेका छौँ, अब जस्तो भए पनि बाजुरामा नै पढाउने बुबा वीरबहादुर सिहंले बताउनुभयो ।
काठमाडौँमा भूकम्प गएपछि काठमाडौँमा अध्ययन, जागिर र उतै बसोवास गर्दै आएका सुदूरपश्चिमवासी केही घर फर्किसकेका छन् भने केही फर्कने क्रम जारी छ । दहकोटका खड्क रोकाया भन्छन्, जब बसमा कर्णाली तरेपछि बल्ल बाच्ने आश जागेको बताउँछन् ।
चार रातसम्म खुला आकाशमुनि रात बिताए बल्ल बसको टिकट पाएपछि आफू सुदूरपश्चिम पुग्दा मात्र आत्मबल बढेको खड्कले बताए । चार दिनसम्म त काठमाडौं आफ्नो होससमेत नरहेको दुखेसो पोखे ।
अध्ययनका लागि काठमाडौं गएको अधिकांश सुदूरपश्चिमवासी यतै अध्ययन गर्ने निर्णय गरिरहेका छन् । अछामको मङ्लसेनका कमल भण्डारी भूकम्प आएको बेला घरबाट दौडेर आफू बाचेको बताउँछन् । आफू बस्ने घर पूरै भत्केको बताए ।
शनिबार धनगढी बसपार्क उनले भने अब जस्तोसुकै परिस्थिति भए पनि यस्तै बस्ने बताए । काठमाडौँ पालमा बस्दा आकाशमा हेलिकप्टर, जहाज र सड्कमा गाडी गुड्दासमेत आफूलाई भूकम्प आएको भान हुने र डर त्रासमा बसेको बताए । जब सुदूरपश्चिममा पुग्दा महाविपत्तिमा परेका हामी बल्ल सुरक्षित भएको बताए ।
काठमाडौंबाट घर फर्कन थालेपछि धनगढी अत्तरियाबाट पहाडी जिल्लामा जानका लागि यात्रुले बस पाउनसमेत गाह्रो भएको सुदूरपश्चिम बस व्यवसाय समिति धनगढीले बताएको छ । दैनिक हजारौंको सङ्ख्यामा घर गइरहेका छन् । उता काठमाडौंमा यातायातका साधन नपाउँदा धेरै सुदूरपश्चिमवासी घर फर्किन पाएका छैनन् ।
सुदूरपश्चिमबाट पठाएका बस केही पुगेका छैनन् भने पुगेका पनि यात्रु बढी भएकाले टिकट पाउन समस्या भएको काठमाडौंबाट टेलिफोनमा मनबहादुर नेपालीले बताए ।
सरकारले निःशुल्क भनेका बस यो क्षेत्रका लागि प्रचारमा सीमित रहेको सुदूरपश्चिमवासीले बताएका छन् । सरकारले निःशुल्क भनेका बेला आफूहरु भाडा तिरेर पनि घर फर्किन नपाएको कैलालीका सुमन चन्दले बताए । घर जान आतुर रहेको छु, आफू बसेको चारैतिरबाट दुर्गन्ध फैलिएको छ । यसले गर्दा अर्को माहामारीको चपेटामा पर्ने डर रहेको चन्दले बताए । घर पुग्दा केही सहज हुन्छ की भन्ने आशामा रहेको उनको भनाइ रहेको छ । काठमाडौँबाट दैनिक हजाराँैको सङ्ख्यामा सुदूरपश्चिमवासी घर फर्र्किरहेका छन् ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया