“ यो सरकार मरिसक्यो भन्दैछन् जनताहरू”

इनेप्लिज २०७२ वैशाख २३ गते १:०४ मा प्रकाशित

BRN3176-800x530

रोग भोक र शोकमा वचाउ-वचाउ भनी कराउदै,
पुरिएकाहरू ५ दिनसम्म पनि भित्रैवाट चिच्याउदै,
मरेका त मरिसके वाचेकाहरूलाई वचाउ भन्दै,
आफ्नै सरकारसंग भिख माग्दैछन् नेपाली जनताहरू ।

देश ढलेको एक सातासम्म पनि कुनै तथ्याङ्क नहुदा,
विदेशीहरूले दिएको राहत समेत पिडितको हातमा नपुग्दा,
कुहिएको लाशहरूसंगै गाँउवस्तिहरूमा सन्नाटा छाउदा,
हाम्रो लागि यो सरकार मरिसक्यो भन्दैछन् जनताहरू ।

ऐया-ऐया भनी उद्दारटोलीको पर्खाईमा प्राण गुमाउदै,
वाल-वृद्दा, सुत्केरी र गर्भवती उपचारविना छट्पटाउदै,
मिनेटमै स्वाहा भएको कहालिलाग्दो भयानक दृश्यसंगै,
कोलाहल र चिच्याहटमा छट्पटाउदैछन् नेपाली जनताहरू ।

काल वनेको प्राकृतिक विपत भनी मन वुझाउनेहरू पनि ।
सर्वस्व गुमाउदै राहतको पर्खाईमा व्याग्र प्रतिक्षा गर्नेहरूपनि,
एक सातासम्म सरकारको लाचारपन देखेर,
भोट माग्न आउदा धोती फुकालेर देखाईदिन्छु भन्दैछन् जनताहरू ।

सुत्केरीहरूले खान नपाएर भोकभोकै मर्न लाग्दा,
वच्चाहरूले कारूणिक श्वरमा भोक लाग्यो भनेर छट्पटाउदा,
वुढावुढीहरूले आकाशतिर फर्किदै सरकारको वाटो चिहाउदा,
राहत वितरणमा असफल यो सरकार,
विवाद र भागवन्डामै मस्त छ, भन्दैछन् जनताहरू ।

विष्वको ध्यान नेपाल माथी खनिदै सहयोगको थुप्रो लाग्दा
गाँस वास र कपासविना खुल्ला आकाशमा तड्पिईरहदा,
राहत वितरणमा दलिय स्वार्थको गन्ध आउदा,
आफ्नै देशको सरकारले मार्ने भो, भन्दैछन् जनताहरू ।

क्षणभरमै टुटेको सपनासंगै आफ्नै देशमा शरणार्थी हुनुपर्दा
मरेकाहरूको लाशको अन्तेष्टी सम्म हुन नसक्दा,
माहामारीको संकेतमा गाँउवस्ती वुङवुङ गनाईसक्दा,
ए सरकार,
के मा व्यस्त छौ भनी प्रश्न गर्दैछन् नेपाली जनताहरू ।

के गर्थ्योहोला नेपाल सरकार विदेशीले साथ नदिने हो भने ?
के काम र आपतकालिन राहत सातासम्म नपाउने हो भने ?
पिडितहरूले रोग भोक र शोकमा डुव्दै जिउदै मर्नुपर्ने हो भने,
हाम्रो लागि यो सरकार मरिसक्यो भन्दैछन् जनताहरू ।
हाम्रो लागि यो सरकार मरिसक्यो भन्दैछन् जनताहरू ।

प्रतिक्रिया