अनेसास राहत कोषको स्थापना

इनेप्लिज २०७२ वैशाख २२ गते १९:२७ मा प्रकाशित
अनेसासका आजीवन सदस्यज्यूहरू ,बिभिन्न मुलुकमा रहेका च्याप्टरका सदस्यज्यूहरू ,
बोर्डअफट्रष्टीकापदाधिकारीज्यूहरू ,केन्द्रीय पदाधिकारीज्यूहरू
तथानेपाली भाषा र साहित्यलाई माया गर्ने सम्पूर्ण नेपाली-मन, नेपाली-पन र नेपाली-जनमा ,विनाशकारी महाभूकम्पले आज देश रोइरहेको छ/ सामाजिकसंरचना क्षत-बिक्षत भएका छन , जताततै चित्कार र पीडाको अग्नि फैलिएको छ / तर पनि हाम्रो कोमल हृदयमा मल्हमरुपी सहयोगका किरणहरू संचित छन , आशाका दीपहरू निभिसकेका छैनन् / र यो निभ्न दिनु पनि हुदैन …/

गाउँ-सहर उझाड बनेको छ / वर्तमान दुखको पहाड बनेको छ / तर पनि बचेका सानातिना खण्डहर सपना जोड्दै जिउने कला सिक्नु र

सिकाउनु छ /यस्तो अकल्पनीय समय-पीडाका हामी मूकदर्शक आँखाहरू र भुक्तभोगी जीवन-बाहक एकै यात्रामा छौ / यो यात्रा कसैलाई

भोगाइमा दुख्दैछ, कसैलाई हेराइमा दुख्दैछ /फरक-फरक मन आज एकै घाउको चक्कामा छ / यो गहिराई र यो

चहराइ भित्रको आशुको आलो पोखरी, नेपाली मनको यो उपत्यका फेरि अर्को मन्जुश्रीको पर्खाइमा छ / हामीले बिभिन्न तरिकाले सहयोगको हात बढाउनु छ,

बढाइसकेका छौ, र बढाइरहेका पनि छौ / विश्वका जुनसुकै कुनामा छरिएर रहेका भए पनि भाषा र

साहित्यको सूत्रले नेपाली भावनालाई जोड्न क्रियाशील आफ्नो गरिमामय इतिहास बोकेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यो

शोकको घडीमा पनि सहानुभूतिको आश्वास र प्रेमको उच्छ्वास छर्ने पलका रुपमा संगाल्न सक्रिय छ / हाम्रो चाहना छ- हामी सबै

मिलेर मानवताको माला गासौ /त्यसैले भूकम्पको पीडाले आहत भएकालाई सक्दो राहत प्रदान गर्ने हेतुले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष

पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले अनेसास राहत कोषको स्थापना गरेको छ/ यहाँहरूले स्वेच्छाले प्रदान गर्न चाहनु

भएको सहयोग रकम अनेसासको वेवसाइट www.inls.orgमा गएर Donate बटम थिचेर अथवा अनेसासको बैंकको आधिकारिक खाता wells fargo bank , Ac No: 2000031767873 मा जम्मा गर्नु हुन बिनम्र अनुरोध गर्दै संकलित राहत अनेसासको नेपाल च्याप्टर मार्फत वितरण गर्ने व्यवस्था मिलाउने छौ भन्ने हाम्रो आशामा यहाँहरुको बिश्वास रहने छ भन्ने कुरामा ढुक्क छौ/

गोवर्धन पूजाअनेसास केन्द्रीय महासचिवबोस्टन, अमेरिका५०८८४०५८७४

प्रतिक्रिया