धुन्चे(रसुवा), २२ वैशाख । यहाँ भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या चार सय ४७ पुगेको छ ।
मृत्यु भएकामध्ये ४३३ जनाको शव उनीहरुका आफन्तलाई बुझाइएको छ । सहायक प्रजिअ गौतम रिमालका अनुसार ७५६ बिरामीको विभिन्न क्षेत्रबाट उद्धार गरिएको छ । लाङटाङ क्षेत्रबाट आजसम्म ६० शव उत्खन्न गरिएको छ । तीमध्ये नौ शव विदेशीको रहेको उत्खनन्मा खटिएको धुन्चेस्थित नारायण दल गणका प्रमुख सेनानी नारायण थापाले जानकारी दिनुभयो ।
“आज नौ वटा शव उत्खनन गरिएको छ, उत्खनन कार्य जारी रहेको छ” उहाँले भन्नुभयो । मैलुङमा पहिरोमा परेकाको अवस्था अझै अज्ञात रहेको उहाँले बताउनुभयो । नेपाली सेनाको चिकित्सक टोलीले दुर्गम गाउँमा घुम्ती शिविरमार्फत घाइतेको उपचार गरिरहेको छ । आजसम्म २३१ जनाको उपचार गरिएको प्राविधिक उपसेनानी डा ओमबहादुर थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया