हिमतालमा असर परेको छैन: विभाग
इनेप्लिज
२०७२ वैशाख २२ गते १४:५१ मा प्रकाशित
काठमाडौं, २२ वैशाख । जल तथा मौसम विज्ञान विभागले भूकम्पबाट खुम्बु क्षेत्रस्थित इम्जा हिमतालमा कुनै क्षति नभएको जनाएको छ ।
स्थानीयबासिन्दाबाट पनि इम्जा खोलामा पानीको सहत नबढेको तथा पानीको बहावमा कुनै परिवर्तन नभएको जानकारी प्राप्त भएको, हालै गएको भूकम्पबाट इम्जा हिमतालमा कुनै क्षति नभएको र तल्लो तटीय क्षेत्रमा तत्कालका लागि बाढीको कुनै सम्भावना नरहेको विभागले जनाएको छ ।
भूकम्पबाट इम्जा हिमताल फुटेको वा फुट्न सक्ने भन्ने हल्लामा सत्यता नभएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई निर्धक्कका साथ आफ्नो दैनिक क्रियाकलाप सञ्चालन गर्न विभागले अनुरोध गरेको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया