बङ्गलादेशले दश हजार मेट्रिक टन चामल दिँदै
इनेप्लिज
२०७२ वैशाख २२ गते ११:२७ मा प्रकाशित
काठमाडौँ, २२ वैशाख । बङ्गलादेश सरकारले नेपालका भूकम्पपीडितको सहयोगार्थ १० हजार मेट्रिक टन चामल उपलब्ध गराउने भएको छ ।
प्रधानमन्त्री शेख हसिनाले गत सोमबार सहयोगस्वरुप उक्त परिमाणको चामल नेपाल पठाउन आदेश दिनुभएको र ढुवानीको प्रक्रिया प्रारम्भ भईसकेको यहाँस्थित बङ्गलदेशी राजदूतावासले आज जनाएको छ । साथै बङ्गलादेशी प्रधानमन्त्रीले चामलसँगै पर्याप्त पानीसमेत पठाउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीका प्रेस सचिव ए के एम शमिकलाई उद्धृत गर्दै उक्त दूतावासले जनाएअनुसार उक्त चामल बङ्गलाबन्ध–फूलबारी–पानीट्याङ्की– काकँडभिट्टा स्थलमार्गबाट पठाउने प्रक्रिया सुरु भईसकेको छ । हवाई मार्गबाट पनि केही राहत सामग्री ढुवानी गरिने छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया