रुसमा बुद्धजयन्ती र महाभूकम्प पीडितोद्धारको नाममा दीप प्रज्ज्वलन

इनेप्लिज २०७२ वैशाख २२ गते १०:४७ मा प्रकाशित

Buddajayanti04052015 buggajayanti015मास्को, ४ मेई २०१५ (सोमवार) । हरेक वर्षभैंm यस वर्ष पनि बुद्धजयन्तीका दिन बिहानै मास्कोमा बसोवास गरिरहेका नेपालीहरु र तिनका रसियाली मित्रहरु पनि मास्कोबाट ९० मिलोमिटर टाढा कालुगा अञ्चलमा निर्मित नेपाली घरको प्रांगणमा पुगेका थिए । रुस सीआईएस नेपाल उद्योनवाणिज्य संघका उपाध्यक्ष डा. भीष्म आचार्य उनकी श्रीमती सुसान्ना सहित म त्यहाँ पुग्दा गैरआवासीय नेपाली संघका कार्यवाहक अध्यक्ष डिल्ली खरेल सुमन, उपाध्यक्ष रंगनाथ पौडेल, प्रवक्ता डा. मनमूर्ति भुर्तेल, सचिव तेजबहादुर शाह, निवर्तमान अध्यक्ष उत्सवकुमार अमात्य, केन्द्रीय सदस्यका साथै विश्व नेपाली साहित्य महासंघ रुस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतम, रुस सीआईएस नेपाल उद्योनवाणिज्य संघका उपाध्यक्ष टेकराज निरौला, रुस नेपाल सहयाृग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेल, नेपाली घरको जगमा वास्तुकलाको विधिपूर्वक पूजा सम्पन्न गर्ने पण्डित आचार्य कुशलकुमार निरौला, प्रतिमा अमात्यलगायत नेपाली नारी निकुञ्जका प्रतिनिधिहरु, रुस बुद्ध धर्मावलम्बी समाजकी अध्यक्ष डोल्मा शाग्दारोभा, दक्ष्नानाथ राजभण्डारी, रामकुमार पाण्डे, विनय श्रेष्ठ, दीपेश द्याहाल, गणेश राम्दामलगायत गैरआवासीय नेपाली संघका प्रतिनिधिहरु, मेरो वाल्यकाल बितेको सूदूर पश्चिमाञ्चल बैतडीका दिगम्बर भट्ट लगायत चालीस पैचालिस जना नेपालीहरु नेपाली मण्डपको प्रवेशद्वारको सामुन्ने रहेका प्रस्तर सिंहमूर्तिद्वय, गणेश र कुमारको मूर्तिजोडी, आँगनमा रहेको बौद्धचैत्य, नेपालबक्षरmब मन्त्रअंकित तामाका मानेहरु, ढलोटको ठूलो घन्ट, त्यसकै बगलमा रहेको त्रिभाषिक शिलापत्र, गैह्रीधाराका भित्तामा रहेका विभिन्न देवदेवीहरुका प्रस्तरमूर्तिहरु र तीन ढुंगेघाराहरु, कलात्मक काष्ठद्वार, फलेचाका काष्ठस्तम्भ आदि विभिन्न नेपाली संस्कृतिका कलाकृतिहरुमा तेललेपन र सरसफाइ गर्ने कार्यमा तल्लीनतापूर्वक जुटिरहेका देखिन्थे ।

IMG_2547

Tej Bahadur Saha  KPS Digambar Bhatta
सन् २०१० मा मास्कोमा सम्पन्न गैरआवासीय नेपाली संघको छैटौं क्षेत्रीय सम्मेलनमा भाग लिन रुसमा आइरहेका संसारका विभिन्ने देशका प्रतिनिधिहरुसहित ५ सयजति नेपालीहरु र तिनका रुसी मित्रहरुको समुपस्थितिमा भव्यतापूर्वक सुसम्पन्न भएको नेपाली घरको समुद्घाटनश्चिात् हरेक वर्ष मास्कोमा रहेका नेपालीहरुले कालुगा अञ्चलमा एत्नोमिर (नृवंशलोक) अन्तर्गत रहेको नेपालमण्डपमा वैशाख पूर्णिमाका बुद्धजयन्ती मनाउने परम्परा कायम भएको छ । यस वर्षको बुद्धजयन्तीको अवसरमा नेपालमा गएको प्राकृतिक प्रकोपमा पर्ने हजारौं नेपालीहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्ने नेपाली घरको आगनमा निर्मित बौद्ध चैत्यमा दीपप्रज्वलन गर्ने र महाभूकम्पपीडित नेपालीहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी प्रार्थना गर्ने गैरआवासीय नेपाली संघ राष्ट्यि समन्वय परिषद्को आज्वानअनुसार मास्कोमा बसोबास गर्ने हामी नेपालीहरु त्यहाँ पुगेका थियों ।

buggajayanti015
रुसको लामौ हिउँदमा हिउँ र ठिहीको सामना गरेर नेपालमण्डपमा पर्खिरहेका नेपाली सांस्कृतिक वस्तुहरुको स्याहारसम्भारको कार्य सम्पन्न गरिएपछि हामी नेपाली घरको मूल द्वारको सामुन्ने निर्मित चैत्यको वरिपरि भेला भयौं । रुसमा बसोबास गर्ने जेष्ठ अग्रजको हैसियतले यस पंक्तिकारलाई १०दष्नअघि मात्र नेपालमा गएको विध्वंशकारी महाभूकम्पको विभीषिकाको सन्दर्भमा केही शब्द बोल्ने अवसर दिइएको थियो । देशविदेशमा बसेका सम्पूर्ण नेपालीहरुका लागि अहिलेसम्म प्राप्त तथ्यांकअनुसार नेपालका विभिन्न जिल्लाहरुमा साढे सात हजार मानिसको जीवन हरण गर्ने, नेपालका नगर र बस्तीहरुमा रहेका परम्परागत आवास घरहरु र दर्बारहरु, सांस्कृतिक धरोहरको रुपमा रहेका प्राचीन राजप्रासाद र देवमन्दिरहरु एकै छिनमा ध्वस्त भई धनजनको अपूरणीय क्षति पुर्याएको सम्झँदा अवाक् र स्तब्ध तुल्याउने यस्तो महान् विपद् र दुःखको घडीमा के नै भन्न सकिन्छ र ? नेपालमा गतः १० दिनभित्र ठूलासाना गरी एकसयभन्दा बढीपल्ट भूकम्प गइसकेको र अभैmसम्म पनि बारम्बार भूकम्प गइरहने समाचार सुन्दा नेपालमा भाग्यले बाँचेका आफन्तजनहरु कति संत्रस्त भइरहेका होलान् भन्ने मनमा लागिरहेको छ । महाभूकम्पमा दिवंगत हुने नेपालीहरुको आत्माले चिरशान्ति प्राप्त गरोस् भन्ने कामनासहित चैत्यको वरिवरि रहेका पालाहरुमा हामी सबैले बलेको मैलबत्तीले दीपप्रज्वलन गरी एक मिनट मौन धारणा गर्यौं ।

Buddhajayanti15
नेपालमा हिन्दू धर्माबलम्बीहरुमा दाहक्रियाका बखत दागबत्ती बालिने भए पनि दिवंगत आत्माको शान्तिका लागि मैनबत्ती बाल्ने प्रचलन छैन, तर काठमाडौंमा बुद्ध धर्माबलम्बीहरुले स्वयम्भु चैत्यमा अखण्डज्योतिमा बत्ती बाल्ने गर्दछन् भनिन्छ । रुसमा अर्थाडक्स क्रिश्चियन धर्मका अनुयायीहरुले चर्चमा गएर दिवंगत आत्माको शान्तित्का लागि चर्चको देब्रेतिरको पानसमा मैनबत्ती बाल्ने गर्दछन् । उनीहरु जीवितहरुको आरोग्यता र सुखसंमृद्धिको कामना गर्दे चर्चभित्र दायाँ तर्पm वा वेदीसमक्ष रहेको ािनसमा मैनबत्ती दालेर राखिसदन्छन् । हामीले पनि चैत्यवरिपरि उभिएर महाभूकम्पबाट घाइते हुनेहरुको शिघ्र स्वास्थ्यलाभ र सम्पूर्ण जीवितहरुको सुखसंबृद्धिको कामना गरेका थियौं ।
बुद्धजयन्तीका दिन जसरी हामी नेपालीहरुले नेपालमण्डपको सांस्र्कतिक निधिहरुको स्याहारसम्भार गरेका थियौ त्यसरी नै अहिले मित्रराष्ट्र रुस महासंघलगायत विश्वका विभिन्न देशहरुले नेपालमा दैवीप्रकोपबाट पीडितहरुको निम्ति राहत जुटाएर सहयोग गरिरहेका छन् भने नेपाली घरको प्रांगणमा हामीले मलजल हालेर रुसको हावापानीको अनुकूल हुने रुख उमारेको पीपलचौतारीको मैत्रीवृक्षमा पनि वसन्तको आगमनका साथै पिपिराहरु लागिरहेको देखेर महाभूकम्पको विभीषिकापश्चात् देशभित्र र देशवाहिर विश्वभरि छरिएर बसोवास गरिरहेका हामी नेपालीहरुको तन, मन, धन र परिश्रमको परिणामस्वरुप नेपालले पनि अवश्यमेव काँचूली फेर्नेछ भन्ने सद्भावना मनमा बोकेर मास्कोतिर फर्केको थिएँ ।
फोटो सौजन्य ः उत्सवकुमार अमात्य,
दिनांक ः ५ मेई २०१५,
मास्को, रुस महासंघ ।

प्रतिक्रिया