काठमाडौँ, २२ वैशाख । गोरखाबजारबाट आरुघाटतर्फ जाँदै गरेको ग१ख ४०५६ नम्बरको यात्रुवाहक बस खस्दा सातजना गम्भीर घाइते भएका छन् ।
आज बिहान गोरखा नगरपालिका –७ आलेस्थित सडकबाट बस खस्दा गम्भीर घाइते भएका सातै जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।
यात्रुबाहक बस भूकम्प पीडितलाई राहत सामग्री लिएर गइरहेको थियो भने बसमा सात यात्रु रहेका थिए ।
प्रतिक्रिया