काल्पनिक सन्देश पठाउने तीन पक्राउ

इनेप्लिज २०७२ वैशाख २१ गते १२:०५ मा प्रकाशित

pakrau-काठमाडौँ, २१ वैशाख । भूकम्पका कारण जनधनको क्षति भई मुलुक नै आतङ्कित बनिरहेका बेला भ्रामक एवम् काल्पनिक कुरा मोबाइलमा सन्देश पठाउने तीन जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

महाशाखाका अनुसार पक्राउ पर्नेमा धनुषाका १८ वर्षीय गौरी मगर, सिन्धुलीका २२ वर्षीया फूलमाया तामाङ र उदयपुरका २२ वर्षीय राजु मगर छन् । उनीहरुले भ्रामक तथा काल्पनिक कुरा एनसेलको सिमबाट सन्देश पठाई १५ जनालाई सो सन्देश पठाएमा रु ९०० र रु २०० बोनस पाइन्छ भन्दै पठाएका थिए ।

महाशाखाले उनीहरुलाई काठमाडौँको मच्छेगाउँबाट आज पक्राउ गरी कुन उद्देश्य राखी त्यस्ता सन्देश पठाइएको हो सो बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया