यात्रुबाहक बस पल्टिँदा १५ यात्रु घाइते

इनेप्लिज २०७२ वैशाख २१ गते १०:५६ मा प्रकाशित

accident-signलहान, २१ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको बडहरामालस्थित सडकमा आज बिहान यात्रुबाहक बस पल्टिँदा १५ जना घाइते भएका छन् ।

दाङबाट यात्रु लिएर विराटनगर आउँदै गरेका ना५ख ५४६४ नम्बरको रात्रि बस बिहान ५ बजे बडहरामाल–५ स्थित बस्तीपुर चोकमा अनियन्त्रित भई पल्टिँदा बसमा सवार १५ जना घाइते भएका हुन् ।

घाइते यात्रुको कर्जनहास्थित अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

बस प्रहरीको नियन्त्रणमा रहेको छ । बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी निरीक्षक खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया