भूकम्पपीडितका लागि छ हजार ८७५ थान त्रिपाल भारतबाट ल्याइयो

इनेप्लिज २०७२ वैशाख २१ गते १०:४८ मा प्रकाशित

जनकपुरधाम, २१ वैशाख । भूकम्पपीडितका लागि नेपालस्थित विभिन्न सङ्घ संस्थाले छिमेकी मुलुक भारतबाट छ हजार ८७५ थान त्रिपाल भिट्टामोड नाकाबाट मुलुक भित्र्याएको छ ।

रु १८ लाख २६ हजार मूल्य बराबरका ती त्रिपाल भारतको भिट्टामोड, सुरसण्डलगायतका बजारबाट ल्याइएको जलेश्वर भन्सार कार्यालय मलिवराले जानकारी दिनुभएको छ ।

आफन्त नेपाल धनुषाधामले २४८ थान, हेपर इन्टरनेसनल काठमाडौँले एक हजार आठ थान, विश्व हिन्दू आमा शक्ति भक्तपुरले ३४३ थान, चौधरी ग्रुप नेपालले १२५ थान, जिल्ला प्रशासन कार्यालय महोत्तरीले पाँच हजार थान तथा जानकी एफएम जनकपुरले २५१ थन त्रिपाल ल्याएको छ ।

प्रतिक्रिया