नब्बे वर्षको उमेरमा नागरिकता

इनेप्लिज २०७२ वैशाख २१ गते ४:४६ मा प्रकाशित

nagrikta1बेलौरी (कञ्चनपुर), २१ वैशाख । कञ्चनपुरको शङ्करपुर गाविस–७ ढुङ्ग बस्ने खगुदेवी धनाडीले ९० वर्षको उमेरमा नागरिकता पाउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ग्रामीण क्षेत्र शङ्करपुरमा सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरमा उनले नागरिकता पाएको जिल्ला प्रशासन कार्यालयका अधिकृत खेमानन्द पाठकले जानकारी दिनुभयो । वि .स. १९८२ जेठ १७ गते बैतडीमा जन्मनु भएकी धनाडीले वैशाख १९ गते नेपाली नागरिकता पाउनु भएको हो ।

पहाडमा भौगोलिक विकटताका कारण समयमै नागरिक लिन नसकिएको उनका छोरा कासिराम घनाडीले बताउनुभयो । गाउँकै घुम्ती शिविर सञ्चालन भएपछि नागरिकता लिन सहज भएको घनाडीले बताउनुभयो । नागरिकता पाएपछि खगुदेवी हर्षित हुनुभएको छ ।

प्रतिक्रिया