ओखलढुङ्गामा सात लाखबराबरको राहत वितरण

इनेप्लिज २०७२ वैशाख २१ गते २:२२ मा प्रकाशित

MG_0459पथरी (मोरङ), २१ वैशाख । जैन समाज विराटनगरले सात लाखबराबरको खाद्य सामग्री ओखलढुङ्गाका भूकम्पपीडितलाई वितरण गरेको छ ।

विराटनगरमा रहेको समाजको कार्यालयमा सङ्कलित राहत ओखलढुङ्गामा वितरण गरेको जनाएको हो । समाजका अध्यक्ष वीरेन्द्र धाडेवाले जिल्ला प्रशासन कार्यालय मोरङबाट स्वीकृत लिएर पठाइएको राहत सामग्री ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयको आदेशबमोजिम वितरण गरिएको जानकारी दिनुभयोे ।

तीन सय परिवारलाई पुग्ने गरी विभिन्न राहत सामग्री सङ्कलन गरी वितरण गरिएको छ । समाजले कम्बल ३०० थान, टेन्ट कपडा, प्लास्टिक, त्रिपाल गरी ३०० थान, चिउरा एक हजार ५०० किलो, नुन, प्याज ३०० किलो, बिस्कुट र चाउचाउ तीन हजार प्याकेट, साबुन, भुजिया, चकलेट, बालटिन, ग्यास, डोरी, सञ्चो, जीवनजल, आलु तथा टर्च ३०० पिस भूकम्प प्रभावित क्षेत्रमा बितरण गरेको छ ।

प्रतिक्रिया