गौशाला, २० वैशाख । ‘गोरखा भूकम्प’मा परी महोत्तरीका दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सदरमुकाम जलेश्वर नगरपालिका–८ रतबारा बस्ने रवीन्द्र चौधरीका छोरा १७ वर्षीय मुकुन्द र पर्सापतैली–२ चौरिया बस्ने सन्तोष चौधरीका १४ वर्षीय छोरा सत्यम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
काठमाडौंमा बसेर दुवै बालक क्रमशः कक्षा ११ र ८ मा पढ्दै आएको अवस्थामा शनिबार भूकम्पमा परी दुवै बालकको काठमाडौँमै मृत्यु भएको जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रजिअ दीपक काफ्लेले बताउनुभयो ।
मृतक दुवै बालकका आफन्तले दुवै जनाको भूकम्प आएका बेला डेरा छाडेर भाग्ने क्रममा डेरा भत्की चेपिएर मृत्यु भएको बताएका छन् ।
प्रतिक्रिया