सोलुखुम्बुमा राहत वितरण तीव्र
सोलुखुम्बु, १९ वैशाख । विनाशकारी महाभूकम्पबाट पूर्वाञ्चलको सोलुखुम्बु जिल्लाका प्रभावितलाई आवश्यक आपत्कालीन राहत सामग्री वितरण गर्ने कार्यलाई तीव्र पारिएको छ ।
आपत्कालीन नगद राहतका लागि रु एक करोड १६ लाख विभिन्न गाविसका पीडित परिवार तथा मृतकका लागि वितरणका लागि टोलीमार्फत पठाइसकेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभयो ।
सोलु जिल्लाको कुल घरमध्ये एक हजार ५५५ घर पूर्णरुपमा नोक्सानी भएको छ । यसैगरी चार हजार ६९४ घरमा आंशिक नोक्सानी भएकाले ती घर पनि बस्नका लागि अयोग्य रहेको प्रहरी नायब उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो ।
विनाशकारी महाभूकम्प आएको आठौँ दिन बितिसक्दासम्म यस जिल्लाको खुम्जुङ, चौरीखर्क, नाम्चे, सोताङ, गुदेल, गोली, वाकु, बासा गाविस निक्कै प्रभावित भएको जानकारी उहाँले दिनुभयो ।
जिल्लाको प्रभावित गाउँहरुमा आवश्यक राहत सामग्रीसहित सुरक्षा टोलीहरु परिचालित गर्ने कार्य भइरहेको स्थानीय विकास अधिकारी महेश पराजुलीले जानकारी दिनुभयो ।
सोलुको सदरमुकामबाट प्रभावित गाउँहरु ज्यादै दुर्गममा परेकाले ती गाविसका पीडित परिवारका लागि चाहिने भाडावर्तन लत्ताकपडा समेत उपलब्ध गराउने कार्य नेपाल रेडक्रस सोसाइटी सोलु शाखाको सक्रियतामा भइरहेको शाखा अध्यक्ष रामकाजी श्रेष्ठले बताउनुभयो ।
दुतकुण्ड नगरपालिकासहित ३० गाविस रहेको सोलु जिल्ला यो महाभूकम्पमा परेर २२ जनाको मृत्यु भएको तथा ७९ जना गम्भीर घाइते भएको जिल्लाको सुरक्षा निकायले विवरण दिएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया