१ मे, २०१५ – नेपालमा गत बैशाख १२ (अप्रिल २५ ) गते गएको विनाशकारी भुकम्पका पिडितहरु लाई प्रत्यक्ष सेवा पुर्याउने उद्देश्यले नेपाली समाज टेक्सास (NST) को अगुवाइमा १५ सदस्यीय डाक्टर, नर्स तथा स्वयं-सेवक सहितको टोली आज साँझ काठमाडौँ पुगेको छ।
नेपाली समाज टेक्सासका महासचिब विजय राज भट्टराई द्वारा समाजमा प्रेषित गरिएको सार्बजनिक जानकारी अनुसार उक्त राहत टोलीको साथमा ५० पाउण्डका २५ प्याकेज राहत सामाग्रीहरु पठाइएको छ जसमा मेडिकल सामग्री लाई प्राथमिकता दिइएको छ। साथै उक्त टीमले नेपालमा थप राहत सामग्रीहरु टेन्ट, ब्ल्यांकेट, चामल, दाल, तेल, च्युरा तथा पानी लगायतका सामाग्रीहरु समेत खरिद गरि वितरण गर्ने छ।
उक्त जानकारी अनुसार नेपालमा टोली २ भागमा बाँडिने छ, एउटा मेडिकल टोलीले काठमाडौँ लाई बेस बनाई मेडिकल सेवा प्रदान गर्ने छ भने दोश्रो टोली गोर्खाको आरुघाटमा क्याम्प स्थापना गरी राहत तथा मेडिकल सेवा प्रदान गर्ने छ।
नेपाली समाज टेक्ससका पूर्व अध्यक्ष गौरीराज जोशीको नेतृत्वमा उक्त टोली गएको हो। यस अघि NST Town Hall मिटिंग गरि आफ़्नै को नेतृत्वमा टेक्सासमा रहेका अन्य संस्थाहरु सदस्य रहने गरि आर्थिक संकलन तथा ब्यबस्थापन कमिटि गठन गरेको थियो।
नेपाली समाज टेक्ससले यस राहत संकलन कार्यमा सहयोग पुर्याउने सम्पूर्ण संस्थाहरु, बिभिन्न विश्व-बिद्यालय तथा कलेजका युवा बिद्यार्थी भाई-बैनीहरु, नेपाल भाषी तथा गैर नेपाली भाषी सहयोगी, शुभेच्छुक समाज , पत्रकार सबै प्रति हार्दिक आभार तथा धन्यवाद ब्यक्त गरेको छ।
नेपाली समाजका फिनान्स भि.पी बाल जोशीका अनुसार हाल सम्म भुकम्प पिडितहरुलाई सहयोगको लागि NST मार्फत ९६ हजार डलर संकलन भै सकेको छ। उक्त आर्थिक तथा अन्य सहयोग यथाशिघ्र NST को Website मा प्रकाशित गरिने छ।
प्रतिक्रिया