देशै रोएको वेलामा सक्दिन म हास्न – सिताराम कट्टेल (धुर्मुस)

इनेप्लिज २०७२ वैशाख १८ गते ११:३१ मा प्रकाशित

nepal-earthquake-april-25-2015

३० अप्रिल २०१५– अमेरिकाका विभिन्न शहरहरुमा हास्यव्यङ्गत्माक एवं सांगतिक कार्यक्रम गर्दे आएको कलाकार सिताराम कट्टेलको टोली नेपालमा गएको विनासकारी भूकम्पवाट भाव विलह् भएको छ । यसैले यस टोलीले नेपालमा गएको विनासकारी भूकम्पका समय संगै आफ्ना सम्पूर्ण अमेरिकामा देखाइने कार्यक्रमहरु रद्द गरिसकेको छ ।
टोलीमा रहेका सदस्यहरुका अनुसार सम्पूर्ण रुपमा नेपाल फर्कनका लागी मानसिक रुपमा उनीहरु तयार रहेका छन । यसै विच चर्चित हास्य कलाकार तथा नेपाल सरकारको सरसफाई दुत सिताराम कट्टेल भूकम्पवाट नेपाली जनजीवनमा पर्न गएको क्षतिवाट निकै भावुक वनेका छन । हिमालय खवर डटकम संगको कुराकानीमा निकै भावुक वनेका उनले भने :
भोकै प्यासै देख्छु सवै गाह्रो भयो वाच्न
देशै रोएको वेलामा सक्दिन म हास्न ।।
निकै चमकदमकका साथ यही गत अप्प्रिल १ देखि अमेरिकामा शुरु भएको उनीहरुको कार्यक्रम एकाएकको विनासकारी भूकम्पका कारण वन्द गर्नु परेको थियो । तथापि कार्यक्रम वन्द भएको भन्दा पनि देशमा के भइरहेको छ भन्ने तर्फ उक्त टोलीका अधिकांश सहभागीहरु चिन्तित देखिन्छन । सवै जना कहिले नेपाल पुगीने हो भनी आतुर देखिन्छन ।
यसैविच “धुर्मुस- सुन्तली सरसफाई अभियान”  कार्यक्रम  बाट उठेको रकम  रु. १६ लाख पचास हजार रुपैया भूकम्प पिडितहरुलाई राहत स्वरुप उपलव्ध गराउने भएका छन । उनीहरुका अनुसार हाल देश भरिमा ठूलो पिडा छाएको छ । मानिसहरु एक छाकका लागी भौतारिन परेको छ । अझै कति वेपत्ता छन, कति अङ्गभङ्ग भएका छन, कतिका परिवार हराएका छन यस्तो वेलामा केही सान्त्वना स्वरुप यो रकम दिइएको हो । यसै विच उनीहरुले यस दुखद घडिमा भूकम्प पिडितहरुलाई सक्दो सहयोग गर्न आफ्ना दर्शक एवं शुभचिन्तकहरुलाई पनि हात जोडि आव्हान गरेका छन ।
उक्त टोलीमा कलाकार सिताराम कट्टेल र उनकी श्रीमति कुन्जना घिमिरे वाहेक चर्चित गायक प्रमोद खरेल, पशुपति शर्मा एवं संगिता थापामगर रहेका छन । उनीहरु यही मे २, शनिवारका दिन नेपाल उढने तयारीमा छन ।

र रहेका छन । उनीहरु यही मे २, शनिवारका दिन नेपाल उढने तयारीमा छन ।

dhurmus-suntali-USA

प्रतिक्रिया