भूकम्पपछि आँशु नै रोकिएन

इनेप्लिज २०७२ वैशाख १७ गते १५:४६ मा प्रकाशित

Karishma-Manandhar

– करिष्मा मानन्धर, अभिनेत्री

विनोद, कबु (छोरी) मेरो स्टाफ र म घरमै थियौँ । म घरको तीन तला माथि थिएँ । मेरो साथमा कोही पनि थिएनन् । यत्तिकैमा भूकम्प आयो । भूकम्प यति ठूलो आयो कि, भाग्न सक्ने स्थिति समेत भएन । भूकम्प आउने बित्तिकै कबुलाई सम्झिएँ । यस्तो बेलामा ढोकामा बस्नुपर्छ भन्ने सुनेकी थिएँ । बल्लतल्ल ढोकासम्म पुगेँ र त्यसैलाई समाएर बसेँ । भूकम्प रोकिसकेपछि बल्ल बाहिर निस्किएँ । म निस्कदा बिनोद जी (श्रीमान), कवु बाहिर आइसकेका थिए । पछि आँखाभरि आँशु आयो । रोक्नै सकिन ।
त्यस्तो बेला खाली ठाउँमा जनुपर्छ भन्ने पनि हामीलाई थाहा थिएन । रोडमै बसिरहेका थियौँ । पछि घर अगाडिको फर्म हाउसमा गयौंँ । जुन बाँसैबाँसले निर्माण गरिएको छ । यस्तो बेलामा मलाई त्यो नै सबैभन्दा ठूलो सम्पत्ति हो जस्तो लाग्यो । हामी अहिले पनि त्यही बसिरहेका छौँ । घरमा जान सकेका छैनौँ । अझैसम्म केही कुरा पनि राम्रोसँग सोच्न सकिरहेकी छैन । भूकम्पले सोच्नै नसकिने बनाउँदो रहेछ ।

aryan-sigdelभूकम्प आउँदा श्रीमतीसँग थिएँ

– आर्यन सिग्देल, अभिनेता
मेरो घर एक तलाको छ । म घरमै छँदा जोडले भूकम्प आयो । त्यतिबेला म र श्रीमतीसँगै थियौँ । घर बाहिर निस्कँदा भूकम्प मत्थर भैसकेको थियो । त्यसपछि हामी घरबाहिरको कम्पाउण्डमा बसेका छौँ । गाडीमै सुतिरहेका छौँ । नेपालका पुरातत्वका बस्तुहरु नष्ट हुँदा साह्रै पीडाबोध भएको छ ।

(दैनिक नेपालसँग कुराकानीमा आधारित)

प्रतिक्रिया