सास छउन्जेल आस …………………..

इनेप्लिज २०७२ वैशाख १६ गते १२:३७ मा प्रकाशित

thumb (1)
न भाषा छ केही न शक्ति छ केही

न सामर्थ्य केही न ता बुद्धि केही

न हुनु थियो जोड लागेन केही

कहीं रुन्छ कोही , कतै हुन्छ केही !

भूमीकम्पको चोटले विश्व रोयो

परेको विपत् ले सबै लाई छोयो

गड्यो शूल ठूलो मुटुमा पिरोल्यो

कठै देशले पीरको आँधी झेल्यो !

नहुनु थियो भै गयो ,गर्न केही

सकिंदैन थ्यो , हातमा ‘थेन’ केही

बडे हात केही – जुटे हात केही

सघाई रहेछन् अहर्निश कोही !

विपत्ति कसैलाई यस्तो न आओस्

दुखद यो घडीमा न मन् डगमगाओस्

बनून धन्य धेरै ,सबै छर – छिमेकी

सघाई रहेछन् – कहाँ देखी आई !

पुन: देशले शान्ति को सास फेरोस्

पुन: जग् मगाओस् पुन: मग् मगाओस् !

प्रतिक्रिया