शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०७:४९
वासिङटन डिसी 21:04

नया बर्ष धमाका कार्यक्रम स्थगित र कलाकार नेपाल फर्कने

इनेप्लिज २०७२ वैशाख १६ गते १:२३ मा प्रकाशित

नया बर्ष धमाका भाग १ लिएर अमेरिका आएका नेपालका ख्याती प्राप्त कलाकारहरु ,सिताराम कट्टेल (धुर्मुस ) ,कुन्जना घिमिरे ( सुन्तली ) ,लोक गायक पशुपति शर्मा , चर्चित आधुनिक तथा गित गजल गायक प्रमोद खेरल तथा लोक गायिका संगीता थापा मगर को टोलि महाभुकम्पको चपेटामा परेको मात्री भुमिको कारण बांकी रहेका १५ वटा शहरहरूका सबै कार्यक्रम स्थगित गरिएको जानकारी प्राप्त भएको छ l

उक्त टोलीले अमेरिकाका ९ वटा शहरहरुमा बेजोड प्रस्तुति गरि सकेको वर्ल्ड बिजनेस म्यानाजमेन्ट एंड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा २०७२ नया बर्ष धमाका भाग १ का कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीले बताए l

कलाकारहरू सुन्तली, धुर्मुस, प्रमोद खरेल र दोहोरीका कलाकारहरू पशुपती शर्मा र संगीता थापामगर सबैजना नेपाल फर्कने कुरा रेग्मीले बताए । पेनसेल्भानिया राज्यको अन्तरराष्ट्रिय बिमानस्थल बाट सबै कलाकार नेपाल प्रस्थान गर्ने  बुझिएको छ l

program postpond

प्रतिक्रिया