भूकम्प पिडित चेपाङको लागि सहयोग संकलन अभियान सुरु

इनेप्लिज २०७२ वैशाख १५ गते १२:४६ मा प्रकाशित

चितवन १५ वैशाख
भूकम्पका कारण घर विहीन बनेका चेपाङहरुको सहयोगको लागि गामवेसीको चेपाङ संरक्षण केन्द्रले खाद्यान्न र लत्ता कपडा संकलन अभियान सुरु गरेको छ । चेपाङ समुदायको वाहुल्यता रहेको चितवनको पहाडी गाविसका अधिकांश चेपाङका घरहरु भत्किए पछि संरक्षण केन्द्रले उनीहरुको सहयोगका लागि अभियान सुरु गरेको हो । भूकम्पका कारण चेपाङहरु विहान वेलुकाको छाकटार्न धौ धौ परेको छ भने घरहरु भत्किएपछि आकासमुनी वस्न वाध्य छन् । उनीहरुको राहतका लागी खाद्यान्न र लत्ताकपडा सहयोग गर्न केन्द्रले सवैमा आह्वान गरेको छ । घरमा रहेका लत्ताकपडा ,खाद्यान्न सवै नष्ट भएपछि घरवारविहीन भएका उनीहरुका लागी तत्काल लत्ताकपडा सहयोग गरिदिन केन्द्रले आह्वान गरेको हो । संकलित रकम केन्द्र सम्म पु¥याई दिई सहयोग गर्नका लागी आग्रह गर्दै केन्द्रका अध्यक्ष केपी किरण शर्माले संकलित लत्ताकपडा ति पिडित चेपाङहरुलाई वितरण गरिने वताउनुभएको छ । उहाँले आफु भोली बुधवार चामल लिएर लोथर जाने बताउनुभयो ।

प्रतिक्रिया