गोरखामा हालसम्म ३७३ जनाको मृत्यु
इनेप्लिज
२०७२ वैशाख १५ गते ४:५० मा प्रकाशित
गोरखा, १५ वैशाख । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गत शनिबार गएको विनासकारी भूकम्पका कारण यहाँ हालसम्म ३७३ जनाको मृत्यु भएको छ ।
घाइतेलाई छवटा हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेपनि मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको छ ।
जिल्लाको लाप्राक, गुम्दा, काँसीगाउँ, केरौजा, लापु, उहियाँ, सिर्दिवासलगायत उत्तरी गाविस भूकम्पबाट बढी प्रभावित भएका छन् ।
भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा १०२ जनाको शव भेटिएको छ भने ९६ जना घाइतेको पोखराको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
उत्तरी क्षेत्रमा भूकम्पले पानीको स्रोतहरु दबिएकाले ठाउँठाउँमा पानी आपूर्तिमा समस्या आएको छ ।
यसैगरी मनासलु पदमार्गमा रहेका विदेशी पर्यटक हराइरहेका छन् । ६ विदेशीको शव लापु गाविसको भीरमा भेटिएको छ । राहत वितरणमा कठिनाइ भएको बताइएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया