उद्धार र राहतमा सहयोग पुर्‍याउन आग्रह

इनेप्लिज २०७२ वैशाख १५ गते ४:३८ मा प्रकाशित

काठमाडौँ, १५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समानान्तर केन्द्रीय समितिले भूकम्पपछि उद्धार, राहत, स्वास्थ्य सेवा, सूचना सम्प्रेषण, पुनःस्थापनालगायत कार्य प्रभावकारी र व्यवस्थित बनाउन आग्रह गरेको छ ।

पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले आज एक विज्ञप्ति जारी गरी सम्पूर्ण कार्यकर्ता पङ्क्तिलाई उद्धार, राहतलगायतमा सहयोग पुर्‍याउन÷परिचालन गर्न राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ ।

सो पार्टीले काठमाडौँ उपत्यकाका अतिरिक्त बाहिरका प्रभावित जिल्लामा द्रूत गतिमा उद्धार तथा राहत वितरण हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ । साथै सो पार्टीले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया