शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १६:३१
वासिङटन डिसी 05:46

भूकम्पमा मृत्यु हुनेको सङ्ख्या चार हजार २६६

इनेप्लिज २०७२ वैशाख १५ गते ४:३० मा प्रकाशित

chinaकाठमाडौँ, १५ वैशाख । भूकम्पमा परी हालसम्म देशभर चार हजार २६६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट हालसम्म सात हजार ५९८ जना घाइते भएका छन् ।

उपत्यकाको काठमाडौँमा एक हजार २९, भक्तपुरमा २४१ र ललितपुरमा १५७ जनाको मृत्यु भएको छ भने सिन्धुपाल्चोकमा एक हजार १७६ र गोरखामा २२३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया