सिन्धुपाल्चोकमा भूकम्पबाट मर्नेको सङ्ख्या १३ सय नाघ्यो
बनेपा, १५ वैशाख । सिन्धुपाल्चोकमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० पुगेको छ ।
मृतकमध्ये एक हजार १७६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ७०० को हाराहारीमा घाइते भएका छन् ।
भूकम्पका कारण प्रहरीको समेत मृत्यु भएको, प्रहरी चौकी क्षतिग्रस्त भएको र सञ्चार सम्पर्क विच्छेद भएको कारण तथ्याङ्क सङ्कलनमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।
“हामीलाई अहिले उद्धारको काम गर्न बाहिरबाट ठूलो जनशक्ति आवश्यक छ”–उहाँले भन्नुभयो । सञ्चार सम्पर्क नहुँदा राजनीतिक पार्टीहरुसँग समेत समन्वय गर्न गाह्रो भएको उल्लेख गर्दै प्रजिअ ज्ञवालीले उद्धार गर्न हेलिकप्टरको भर पर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले सिन्धुपाल्चोकमा रहेका ९० प्रतिशत कच्ची घर ध्वस्त भएको र विस्तृत विवरण आउँन बाँकी रहेको उल्लेख गर्नुभयो । जिल्लाका बाह्रविसे प्रहरी चौकी क्षतिग्रस्त भएको छ भने गाउँगाउँमा सञ्चार सम्पर्क नहुँदा उद्धार कार्य पूर्णरुपमा प्रभावित भएको छ ।
उद्धारका लागि निजी कम्पनी र भारतीय हेलिकप्टरसमेत प्रयोगमा ल्याइएको छ । जिल्लाको जलवीरे, तातोपानी, शेर्पाथाङ, बाँसखर्क, फूलपिङकट्टीलगायत अधिकांश गाविसमा भूकम्पका कारणले ठूलो जनधनको क्षति भएको छ ।
“राहत कहिले आउँछ भन्ने प्रतिक्षामा बसेका छौँ¬¬”–प्रजिअ ज्ञवालीले भन्नुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया