एनआरएनएका अफ्रिका स्थित शाखाहरुले नेपालका भुकम्प पिडित स्वजनहरुका लागि आपतकालीन सहयोग संकलन शुरु गरेका छन् |
उक्त जानकारी एनआरएनए अफ्रीकाका क्षेत्रिय संयोजक हिक्मत थापाका अनुसार आजसम्म एनआरएनए नाइजेरिया ले ६ लाख ,एनआरएनए केन्याले ५ लाख , एनआरएनए तान्जानिया ले ४ लाख रुपैया सहयोग संकलन गरि सकेका छन् |
यसका साथै जाम्बिया , युगान्डा र अन्य शाखा हरुले पनि सहयोग संकलन प्रारम्भ गरेको समाचार प्राप्त भएको छ |
अछाम घर भएका एनआरएनए अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापा ०४५ सालमा धरानमा गएको भुकम्पमा ज्यान जोगाउन सफल भएका थिए भने उनि त्यस समय धरान हात्तिसार स्थितमा खाध्य प्रविधिमा अध्ययनरत थिए l र ,हाल उनि केहि बर्ष देखि नाइजेरिया रहदै आएका छन् l
प्रतिक्रिया