दैनिक उपभोग्य वस्तु सरल र सहज ढङ्गबाट उपलब्ध गराउन निर्देशन

इनेप्लिज २०७२ वैशाख १४ गते १०:२० मा प्रकाशित

Pasalकाठमाडौं, १४ वैशाख । वाणिज्य तथा आपूर्ति मन्त्रायले दैवीप्रकोपबाट उत्पन्न विषम पस्थितिमा आम उपभोक्तालाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु सरल र सहज ढङ्गबाट उपलब्ध गराउन निर्देशन दिएको छ ।

साथै मन्त्रालयले आ–आफ्ना पसलमार्फत विक्री वितरणको व्यवस्था गरी आपूर्ति व्यवस्था सहज बनाउन सहयोग गर्न सम्पूर्ण बिक्रेताहरुमा आह्वान गरेको छ ।

पेट्रोलियम पदार्थ एवम् खाना पकाउने ग्यासको नियमित र व्यवस्थित आपूर्ति भइरहेको, पर्याप्त सञ्चय र आपूर्तिको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

साथै, मन्त्रालयले देशमा आइपरेको यस विपत्को पस्थितिमा सम्पूर्ण उद्यमी, व्यवसायी र बिक्रेतालगायत निकायसँग मानवीय सहयोगका लागि अपिल गरेको छ ।

प्रतिक्रिया