मेलम्ची (सिन्धुपाल्चोक), १४ वैशाख । गत शनिबार गएको विनासकारी भूकम्पमा परी एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ रातमाटेडाँडास्थित राससकर्मी खिलप्रसाद दाहालको घर भूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
सोही घरमा बस्दै आएका ३२ वर्षीया मैया दाहाल, उनका नौ वर्षीय छोरा नारायण दाहाल र सात वर्षीया छोरी निसासहित छिमेकी भीमप्रसाद दुलालको छोरी सात वर्षीया अनुसा दुलालको मृत्यु भएको छ ।
गम्भीर घाइते पोषप्रसाद दाहाललाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँस्थित छाउनी अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया