यथाशीघ्र राहत तथा उपचारको व्यवस्था गर्न माग

इनेप्लिज २०७२ वैशाख १४ गते ९:५९ मा प्रकाशित

960_earthquake_day-31काठमाडौँ, १४ वैशाख । राष्ट्रिय महिला आयोगले शनिबार गएको विनासकारी भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवार, घाइते तथा धनजनको क्षति हुनेहरूलाई यथाशीघ्र राहत, क्षतिपूर्ति, सुरक्षा, उपयुक्त वासस्थान तथा उपचारको विशेष व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

“भूकम्प र सोपश्चातका विभिन्न ठूलासाना भूकम्पका धक्काबाट देशव्यापी रूपमा हुन गएको मानवीय तथा भौतिक क्षतिप्रति आयोग मर्माहत भएको छ”– आयोगद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ, “आयोगले प्रकोपमा परी घाइते हुने सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।”

आयोगले भूकम्पजस्तो विषम परिस्थितिमा महिला, बालबालिका तथा वृद्धवृद्धाको विशेष अवस्था तथा आवश्यकतातर्फ संवेदनशील भई सोहीअनुसारको उपयुक्त उपाय अवलम्बन गर्न समेत आयोगले सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया